Section 13
पाठ्यक्रम, उत्तीर्णाङ्क र परीक्षण विधि
(१) जिल्ला न्यायाधीश पदमा नियुक्तिको लागि सिफारिस गर्न आयोगले लिने परीक्षाको पाठ्यक्रम र अङ्कभार लोक सेवा आयोग, न्याय परिषद तथा सम्बन्धित विषयका विशेषज्ञसँग परामर्श गरी आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम पाठ्यक्रम निर्माण गर्दा न्यायाधीशको पदमा रही गर्नु पर्ने कामको विश्लेषण गरी त्यस्तो पदको काम र शैक्षिक योग्यतालाई समेत आधार लिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम पाठ्यक्रम निर्माण गर्दा पाठ्यक्रम लागू हुने मिति, प्रत्येक विषयको पूर्णाङ्क, परीक्षा प्रणाली, परीक्षाको माध्यम (भाषा), प्रश्नको अङ्क भार र समय समेतका कुराहरू समावेश गर्नु पर्नेछ ।
(४) जिल्ला न्यायाधीश पदमा नियुक्तिको लागि सिफारिस गर्न आयोगले लिने परीक्षामा उत्तीर्ण हुनको लागि प्रत्येक पत्रमा कम्तीमा पचास प्रतिशत अंक प्राप्त गर्नु पर्नेछ ।
(५) जिल्ला न्यायाधीश पदमा नियुक्तिको लागि सिफारिस गर्न आयोगले लिने परीक्षाको परीक्षण विधि, परीक्षा दस्तुर र तत्सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।